डा केसी आजबाट पुनः सातौं पटक अनशन बस्दै

डा केसी आजबाट पुनः सातौं पटक अनशन बस्दै

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २५ भदौ । छैटौं पटकको अनशन तोडेको एक साता बित्न नपाउदै त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी डा. गोविन्द केसी आजबाट पुनः अनशनमा बस्नुहुने भएको छ ।

आफूसँग भएको सम्झौता कार्यन्वयनमा सरकार उदासिन देखिएको तथा यसअघिको अनशनका क्रममा भएको सम्झौता विपरित सरकारले चिकित्सा शिक्षा आयोग गठन नगरेको भन्दै डा केसी आजबाट पुनः अनशनमा बस्न लाग्नु भएको हो ।

सरकार र डा केसीबीच छौटौ पटकको अनशनका क्रममा मन्त्रीपरिषदको पहिलो बैठकबाट आयोग गठन गर्ने र सम्झौता भएका विषयलाई सम्बन्धित निकायमा कार्यन्वयनका लागि तत्काल निर्देशन दिने सहमति भएको थियो ।

आयोग गठन लगायतका विषयलाई मन्त्रीपरिषदबाट पारित गर्नुको साटो सामाजिक समितिमा अध्ययनका लागि पठाएर ३ करोड नेपालीको मर्ममाथि खेलवाड गरेकाले पुनः अनशन बस्नुको विकल्प नभएको डा केसीले बताउनु भयो ।

१४ दिन लामो आमरण अनशनपछि सरकारले गत शनिबार गरेको ११ बुँदे सम्झौताको प्रमुख बुँदा ४८ घण्टा बित्न नपाउदै उल्लंघन भएपछि उहाले माग पूरा गर्न हिजोसम्मको अल्टिमेटम दिनु भएको थियो । डा. केसी आज अपरान्न ३ बजेबाट अनशनमा बस्नु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ