कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा

कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सप्तरी, २४ भदौ ।

जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा गरेको छ ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ यादवका अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा कमला बलान र कदमहादेखि उदयपुर जाने बाटाको आसपास क्षेत्रमा आज राति १० बजेदेखि अर्को आदेश नभएसम्म दङ्गा क्षेत्र घोषणा गरिएको हो ।
तीन दिनदेखि मधेसी दलका कार्यकर्ताले हिंसात्ममक प्रदर्शन, आगजनी र पूर्वपश्चिम राजमार्गका ठाउँ ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध गरेका छन् । राजमार्गका विभिन्न ठाउँमा अहिले हजारौँको सङ्ख्यामा सवारी साधन पूर्वको इटहरी र पश्चिमको लहानमा अलपत्र परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ