स्वास्थ्य चौकीको कामकाज प्रहरी चौकीबाट

स्वास्थ्य चौकीको कामकाज प्रहरी चौकीबाट

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२४ भदौ ।

ताप्लेजुङको लिवाङस्थित प्राथमिक स्वास्थ्य चौकीको भवन नै पूर्णरुपले पहिरोले बगाएपछि अहिले स्वास्थ्य चौकीको सम्पूर्ण कामकाज स्थानीय प्रहरी चौकीको भवनबाट प्रदान गरिँदै आएको छ ।

गत जेठ २७ गते राति गएको पहिरोले भवन नै पूर्णरुपले बगाएपछि अहिले लिवाङ प्रहरी चौकीसँग समन्वय गरी प्रहरी चौकीकै भवनको एक कोठाबाट स्वास्थ्य चौकीको कामकाज हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय, ताप्लेजुङले जनाएको छ ।

अहिले एउटा कोठाबाट स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भएको स्वास्थ्य चौकीका इन्चार्ज भरत विकले बताउनुभयो । स्वास्थ्य चौकीको प्रशासनिक कामकाजदेखि बिरामीको जाँचसमेत एकै ठाउँबाट गर्नुपर्ने बाध्यता रहेको विकको भनाइ छ ।

पहिरोले भवन बगाएपछि तत्काल आवश्यक औषधिलगायतका सामग्री जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको र भवनको पुनःनिर्माणका लागि मन्त्रालयमा अनुरोध पत्रसमेत पठाइएको जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो स्वास्थ्य चौकीमा आसपासका गाविसका स्थानीयवासीसमेत स्वास्थ्य सेवा लिन पुग्ने गरेका छन् । तर पर्याप्त संरचनाको अभावमा सेवाग्राहीलाई समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ