काठमाण्डौ,२४ भदौ ।
पाचथरमा विद्यार्थीले जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् । विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले बन्दमा पनि विद्यालय खुल्ने पर्ने भन्दै उनीह्रुले यसो गरेका हुन ।
फिदिम उच्च मावि तथा कञ्चनजङ्घा एकेडेमीका विद्यार्थीले कार्यालय अगाडि आएर घेराउ गर्दै विद्यालय खोल्न जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई दबाब दिएका हुन् ।
जिशिअ नेपाल तथा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरले भने यसबारेमा विद्यार्थीका केही प्रतिनिधि, बन्दकर्ता र स्थानीय प्रशासनबीच छलफल गरेर अघि बढ्ने बताउनुभयो । यस्तै, उनीहरुले बुधबार नै जिल्ला प्रशासन तथा शिक्षा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए ।
यसअघि सङ्घीय लिम्बूवान पार्टीले गरेको बन्दमा भने शिक्षण संस्था सञ्चालन गर्न दिइएको थियो । जिल्ला विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले यसको कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घ संस्थालाई नागरिकका तर्फबाट दबाब पर्दै आएको छ ।