२४ भाद्र धरान
नेपाली नारिहरुको महान पर्व तीजको अवसरका धरान १५ स्थित श्याम चौकमा आगमी २६ गते निशुल्क आखा शिबिर गर्नै भएको छ ।
श्यामचौक महिला समुहको आयोजना सो आखा शिबिर गर्न लागेको समुहकी सम्योजक सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।
आज धरानको पत्रकार महासंघ सभाहलमा एक पत्रकार समेलनको आयोजना गरि सो सिबिरको बारेमा जानकारी गराईएको थियो ।
रामलाल गोल्छा आखा“ अस्पताल बिराटनगर ,फेड हलोज फाउण्डेशन तिलगंगा काठमाडौको संयुक्त सहकार्य तथा धरान उपमहानगरपालिका र श्यामचौक महिला समुहको आयोजनामा गर्न लागेको सो सिबिरमा करिब तीन सय जनाले लाभ लिने अनुमान समुहकी अध्यक्ष रेण्ुका अधिकारीले बताउनुभयो ।
समाजिक क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै आएका सो समुहले नारिहरुको महान पर्व तीजको अवसर पारेर मानव संबेदनाको कार्यक्रम गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।