टिकापुर बाहेकका अन्य ठाउँमा आज दिनभरी कर्फ्यु हटाइयो 

टिकापुर बाहेकका अन्य ठाउँमा आज दिनभरी कर्फ्यु हटाइयो 

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, २४ भदौ ।

कैलालीको टिकापुर बाहेकका अन्य ठाउँमा आज दिनभरी कर्फ्यु हटाइएको छ । स्थानिय प्रशासनका अनुसार टिकापुरमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र आसपासका क्षेत्रमा बेलुकी ५ बजेसम्म नै कफ्र्यु हटाइएको छ ।

यस्तै धनगढीमा दिउँसो १२ देखि २ सम्म मात्र कर्फ्यु लगाइएको छ । लगातारको कर्फ्युले जनजीवन कष्टकर बन्दै गएपछि स्थानीयबासिन्दाको माग अनुसार विस्तारै कर्फ्यु कम गर्दै लगिएको स्थानिय प्रशासनले भनाई छ ।

उता विरगंजमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कर्फ्यु हटाइएको छ । सप्तरीको भारदह वडा नम्बर १ कोशी व्यारेजदेखि बहाङ क्षेत्र सम्ममा हिजोदेखि अनिश्चितकालिन कर्फ्यु लागेको छ ।

प्रदर्शनकारीले राती राजविराजमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले जिल्ला वन कार्यालय, शिक्षा कार्यालय र पशु कार्यालयमा आगो लगाएका प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ