पर्यटकीय मार्ग निर्माण तीव्र गतिमा

पर्यटकीय मार्ग निर्माण तीव्र गतिमा

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

धुन्चे (रसुवा), २४ भदौ । भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत तीव्र गतिमा अगाडि बढेको छ ।

उपभोक्ता समितिका अध्यक्ष सुप्पा तामाङका अनुसार स्याफ्रुबेसीदेखि लाङटाङको गोरेटो बाटो मर्मतका लागि यार्सा क्षेत्रबाट ल्याइएको मजदुर र स्थानीयवासीको सहयोगमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।

जिविसको रु १५ लाख सहयोगमा एक महिनाभित्र कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाएको र दैनिक कामका लागि ७० जना मजदुर क्रियाशील रहेको बताइएको छ । काम गर्ने मजदुरलाई ओएम नेपालको सहयोगमा हेलिकोप्टरद्वारा घोडातबेला पु¥याइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

गत वैशाख १२ को भूकम्पपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्यअन्तर्गतका स्याफ्रुबेसीदेखि क्यान्जेनसम्मको पैदलमार्ग ठाउँठाउँमा भत्केपछि बाटो अवरुद्ध भएको र एक सय १६ घरका चार सय ९६ जना विस्थापित भई काठमाडौँको एल्लो गुम्बामा सरण लिइबसेको जानकारी दिँदै उहाँले पैदलमार्ग तयार भएपछि विस्थापित परिवारलाई पुनः स्थापना र पर्यटक प्रवद्र्धन गर्ने कार्यमा सबै एकजुट हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी