वार्ताबाट आन्दोलनको विकल्प खोज्न एमालेको आह्वान

 वार्ताबाट आन्दोलनको विकल्प खोज्न एमालेको आह्वान

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौा, २३ भदौ ।

नेकपा एमालेले वार्ताका माध्यमबाट समाधान निकाली संविधान निर्माणलाई सुनिश्चित गर्न आन्दोलनरत पक्षलाई आह्वान गरेको छ ।

केन्ऽीय कार्यालय धुम्बाराहीमा बुधवार अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता, मधेसका पार्टी नेता र सभासद्सहितको उपस्थितिमा पत्रकार सम्मेलन गरी आन्दोलनको विकल्प खोज्न र वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओलीले झण्डै एक महिनादेखि जारी तराई–मधेसको बन्दबाट एमाले गम्भीर भएको जनाउादै जुन क्षेत्रमा जनताका नाममा यो आन्दोलन हुादैछ, त्यहीाका जनतालाई पीडा कसरी उचित नहुने धारणा राख्नुभयो ।
उहाले आन्दोलनमा सङ्लग्न जनताका जायज मागप्रति आफूहरु संवेदनशील रहेको तर कतिपय पक्षले आन्दोलनलाई संविधान बन्न नदिने अस्त्रको रूपमा प्रयोग गरेको धारणा व्यक्त गर्नुभयो ।

ँकतिपयले आन्दोलनलाई पृथकतावादी र साम्प्रदायिक स्वरूप दिन खोजिरहेका छन् । जबर्जस्ती हिंसा भड्काएर निहित स्वार्थपूर्तिका लागि भावनात्मक आधार निर्माण गर्न खोजिरहेका छन् ।
अध्यक्ष ओलीले भन्नुभयो हामी आन्दोलनरत जनसमुदायलाई शान्तिपूर्ण, लोकतान्त्रिक र उपयुक्त विधिबाट अगाडि बढ्न र तपाइाहरूको भावनाको गलत उद्देश्यका निम्ति दुरुपयोग हुन नपाओस् भन्ने कुरामा सजग रहन आह्वान गर्दछौं।

संविधान स्वयंमा गतिशील दस्तावेज हो र सङ्घीयता आफैमा विकासवान् प्रक्रिया भएको भन्दै उहाले संसारमा सबै लोकतान्त्रिक प्रणालीहरूको विकास यसैगरी नै हुादै आएको बताउनु भयो ।

अध्यक्ष ओलीको हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा बहुभाषिक–बहुसांस्कृतिक–बहुधार्मिक र बहुलवादी मान्यता, लैङ्गिक समानता एवम् छुवाछुत तथा जातीय विभेदको अन्त्य जस्ता अग्रगामी कदमका आधारमा समाजका सबै समुदायको अधिकार, समानता र पहिचानको स्थापना गर्ने प्रबन्ध संविधानको मस्यौदामा गरिएकाले त्यस्ता महत्वपूर्ण विषयको उपेक्षा गरेर सङ्घीयतालाई मात्रै राज्य पुन:संरचना ठान्ने तथा खास समुदायलाई लाभ हुने खालको ढााचालाई मात्रै सङ्घीयता ठान्ने र त्यसो भएन भने संविधान निर्माणलाई नै अवरोध गर्नु जानी–नजानी यथास्थितिवादी र प्रतिगामीलाई मात्रै फाइदा पुर्‍याउनु हो भनिएको छ ।

एकल जातीय पहिचानमाथि आधारित भएर या हिमाल–पहाड र तराई–मधेसलाई पूर्ण रूपले अलग गरेर प्रदेश निर्माण गर्नु देश र जनता कसैको पनि हितमा हुन नसक्ने जनाउादै उहााले मस्यौदाका कमीहरूलाई सङ्घीय आयोगको सिफारिसमा आगामी दिनमा परिवर्तन गर्दै जान सकिने भएकाले सीमाङ्कनको विषयलाई लिएर भावनामा नबग्न तथा संविधान निर्माणमा अवरोध सिर्जना र सामाजिक सद्भाव खल्बलिने काम कतैबाट पनि हुन नदिन आग्रह गर्नुभयो ।

एमालेलाई मधेसी, थारु र अरु कतिपय समुदाय विरोधीका रुपमा चित्रण गर्ने षडयन्त्रकारी प्रचारलाई अस्वीकार गर्दै उहााले सम्भव हुने उचित र जायज माग संविधान निर्माणको चालु प्रक्रियामै सम्बोधन गर्न सकिने भएकाले अन्तिम विन्दुसम्म पनि वार्ताबाट समस्याको समाधान खोज्न र संविधानको पक्षमा अधिकतम सहमति जुटाउन पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ