प्रहरी माथि ग्याँस सिलिण्डर फाल्न खोज्ने पक्राउ 

प्रहरी माथि ग्याँस सिलिण्डर फाल्न खोज्ने पक्राउ 

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

मोरङ, २३ भदौ
प्रहरी माथि सानो ग्याँस सिलिण्ड फाल्न खोज्ने बिराटनगर उपमहानगरपालिका–२२ बस्ने ३४ बर्षीय मन्जर आलम र २७ बर्षीय रजक आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बुधबार बिराटनगर उपमहानगरपालिका–२१ स्थित रानीबसपार्कमा प्रहरीलाई लक्षित गरी सानो ग्याँस सिलिण्डर फालेका थिए ।
यसैगरी बिराटनगर–१९ स्थित भट्टी मोडमा बन्दकर्ताहरुले जवरजस्ती पसल बन्द गरेपछि स्थानीय बासिन्दा र बन्दकर्ताबीच झडप हुँदा बन्दकर्ता ३२ बर्षीय विक्रम साह सामान्य घाइते भएका छन् । सोही बिषयलाई लिएर बन्दकर्ताहरुले रानी बसपार्कमा खटिएको प्रहरी टोली माथि समेत ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस, सटगनबाट हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ