निषेधाज्ञाको समय घटाइएपछि वीरगन्जको जनजीवन सामान्य उन्मुख

निषेधाज्ञाको समय घटाइएपछि वीरगन्जको जनजीवन सामान्य उन्मुख

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वीरगन्ज, २३ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहा“को जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

निषेधाज्ञाको समय घटाएसँगै वीरगन्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । स्थानीय प्रशासनले वीरगन्जमा आज अपराह्न ४ बजेदेखि ७ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । यसअघि पनि स्थानीय प्रशासनले बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको थियो ।

त्यस्तै मङ्गलबार पनि स्थानीय प्रशासनले वीरगन्जमा बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म र अपराह्न ४ बजेदेखि सा“झ ७ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरको थियो । निषेधाज्ञा फुकुवा भएको समयमा खाद्यान्नलगायत आवश्यक घरायसी सामग्री किनमेल गर्नेको घुइँचो बजारमा देखिन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ