फरार अभियुक्त २० वर्षपछि पक्राउ

फरार अभियुक्त २० वर्षपछि पक्राउ

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

खोटाङ, भदौ २३ गते । 

गर्भपतन गराउने क्रममा महिलाको ज्यान गएपछि फरार रहेका खोटाङका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

गर्भपतन गराउन सहयोग गर्नेेक्रममा महिलाको मृत्यु भएपछि फरार रहेका ऐसेलुखर्क–४ का ६८ वर्षीय दलबहादुर गिरी सोमबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले गिरीलाई पक्राउ गरी अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

जिल्ला अदालत खोटाङले गिरीलाई २०५५ साल भदौ १५ गते छ महिना कैद सजाय फैसला सुनाएको थियो । उनीमाथि २०५२ सालमा महिलाको गर्भपतन गर्न सहयोग गरेको अभियोग छ ।

यस्तै स्थानीय महिलालाई बलात्कार गरेर फरार रहेका उत्तरी गाविस ऐसेलुखर्क–२ का २६ वर्षीय टेकबहादुर तामाङलाई प्रहरीले पााच वर्षपछि पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा तामाङलाई २०७१ साल माघ २२ गते जिल्ला अदालत खोटाङले नौ वर्ष १० महिना तीन दिन कैद सजाय तोकेको थियो ।

तामाङमाथि २०६७ सालमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ