तिवारीको उपन्यास ‘परित्यक्त’ लोकार्पित

तिवारीको उपन्यास ‘परित्यक्त’ लोकार्पित

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 30.7K
    SHARES

काठमाडौँ, २३ भदौ । विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको साहित्यकार प्रकाश तिवारीको पहिलो उपन्यास ‘परित्यक्त’को आज लोकार्पण गरिएको छ ।

वरिष्ठ साहित्यकार तथा नेकपा (एमाले) का नेता प्रदिप नेपालले सो पुस्तक लोकार्पण गर्दै राजनीतिज्ञलाई यस्ता उपन्यास पढाउनुपर्नेमा जोड दिँदै साहित्यले उठाएका सवाललाई पछ्याउने गरी राजनीति अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लेखक तिवारीको पहिलो उपन्यासमा कल्पनाशीलता र सामाजिकता पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले जहिले पनि तानाशाही प्रवृत्तिको विरोध गरिरहेको हुन्छ, साहित्यिक क्षेत्र नभएको भए गणतन्त्रमा पनि नयाँनयाँ राजा जन्मिसकेका हुन्थे ।”

समालोचक डा कुमारबहादुर कोइरालाले मुलुकमा भएका सबै चरणका आन्दोलन र परिवर्तनबाट पनि समेटिन नसकेका सिमान्तकृत समुदायका आवाजलाई उपन्यासले आख्यानीकरण गरेको धारणा राख्नुभयो ।

अर्का समालोचक डा तारालाल श्रेष्ठले समाज बदल्न चाहनेलाई समाजले नै बदलिदिएको सन्दर्भ पुस्तकमा पाइएको टिप्पणी गर्नुभयो ।

समीक्षक श्रीओम श्रेष्ठ रोदनले उपन्यासमा समाज सुधारका लागि सकारात्मक सन्देश पाइएको जनाउनुभयो । प्रकाशन प्रालिका अध्यक्ष रमेशप्रसाद भट्टराईले लेखेर बाँच्नसक्ने अवस्था नभए पनि सिर्जनशीलतालाई बाहिर ल्याउने काम छाड्न नहुनेमा जोड दिनुभयो । पेसाले वरिष्ठ कृषि प्राविधिक तिवारीको सो पुस्तक २९८ पृष्ठको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी