महोत्तरीको शिक्षा कार्यालयमा आगजनी

महोत्तरीको शिक्षा कार्यालयमा आगजनी

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

गौशाला, २३ भदौ । आन्दोलनकारीले मङ्गलबार अबेर साँझ महोत्तरी जिल्ला शिक्षा कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

विगत २६ दिनदेखि अनिश्चितकालीन मधेस बन्द गरेर आन्दोलनमा उत्रेका संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले हिजो मङ्गलबार साँझ जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित जिल्ला शिक्षा कार्यालयमा पुगी तोडफोड र आगजनी गरेका हुन् ।

पचासभन्दा बढीको सङ्ख्यामा गएका मोर्चाका कार्यकर्ताले तालाबन्दी रहेको सो कार्यालयको बाहिरबाट सम्पूर्ण झ्याल फुटाएर पर्दा र कागजात राखिएको बोरामा आगजनी गरेका थिए ।

आगजनीको खबर थाहा पाएर तत्काल घटनास्थल पुगेका नेपाल र सशस्त्र प्रहरीका संयुक्त टोलीले आगजनी नियन्त्रणमा लिएका थिए । प्रहरीले आगो नियन्त्रणमा लिए पनि तोडफोड र आगजनीबाट सो कार्यालय केही हदसम्म क्षतिग्रस्त भएको छ ।

महोत्तरीको अवस्था अस्तव्यस्त

विगत २६ दिनदेखि महोत्तरीमा जारी अनिश्चितकालीन मधेस बन्दका कारण जिल्लाको अवस्था अस्तव्यस्त बनेको छ ।

लामो समयदेखिको बन्दका कारण जिल्लावासीमा दैनिक समस्या बढ्दै गएको छ भने दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

लगातार २६ दिनदेखि जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ भने जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।

इतिहासकै सबभन्दा लामो बन्दका कारण जिल्लामा खाद्यसङ्कट उत्पन्न हुन थालेको छ भने जिल्लावासीको दिनचर्या कष्टपूर्ण भएको छ ।

यस बन्दबाट जिल्लाका सबै वर्ग प्रभावित भएका छन् तर बन्दको मारमा सबैभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएको गुनासोसमेत गरेका छन् ।

यता जिल्लाका सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न नसक्दा विभिन्न समस्या उत्पन्न भएको बताएका छन् ।

त्यस्तै, बिरामी पनि बन्दको प्रत्यक्ष मारमा परेका छन् । बिरामीहरु बन्दका कारण जिल्लाका अस्पताल तथा जिल्ला बाहिर विशेष उपचारका लागि समेत जान पाएका छैनन् । यसको अलावा जिल्लामा औषधि अभावसमेत सिर्जना भएको चिकित्सकले बताएका छन् ।

बन्दका कारण जिल्ला बाहिरबाट आवश्यक औषधि आउन सकेको छैन भने बन्दकर्ताले एम्बुलेन्स पनि तोडफोड गर्न थालेपछि आकस्मिक उपचारका लागि बिरामीलाई बाहिर पनि पठाउन नसकिएको चिकित्सक बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी