आजबाट टिकापुरको कर्फ्यु ६ घण्टाका लागि खुला

आजबाट टिकापुरको कर्फ्यु ६ घण्टाका लागि खुला

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २३ भदौ ।  

कैलालीको टिकापुरमा १७ दिनदेखि जारी कर्फ्यु आजबाट ६ घण्टाका लागि खुला गरिएको छ । हिजो ५ घण्टा हटाइएको कर्फ्यु आज ६ घण्टाका लागि खुला गरेको हो ।

लगातारको कर्फ्युले जनजीवन कष्टकर बनेपछि कफ्र्युको समय घटाउदै विहान ६ बजेदेखि १२ बजेसम्म खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ । कर्फ्यु हटेसँगै बजारमा किनमेल गर्नेको भिड लागेको छ ।

यस्तै धनगढीमा आज पनि तीनघण्टा मात्रै कर्फ्यु लाग्ने भएको छ । मध्यान्न १२ देखि ३ बजेसम्म कर्फ्यु लगाउने स्थानीय प्रशासनको तयारी छ ।

उता वीरगंजमा पनि जनजीवनलाई सहज बनाउन भन्दै बिहान ९ देखि दिउँसो १ बजेसम्म कर्फ्यु हटाइएको छ । ९ दिनदेखि कर्फ्यु लागिरहँदा जनजीवन कष्टकर हुँदै गएकाले विस्तारै कर्फ्यु हटाउँदै लगेको स्थानिय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ