लगातारको कर्फ्युले जनजीवन असहज

लगातारको कर्फ्युले जनजीवन असहज

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २३ भदौ । 

गत भदौ सात गते आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी हिंसात्मक घटना भएपछि दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कैलालीको टीकापुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु अझै जारी छ ।

लामो समयदेखिको कर्फ्युले स्थानीयको जनजीवन अति कष्टकर बन्दै गएको छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरु बढी मारमा परेका छन् । स्थानीय प्रशासनले विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरेपनि पूर्ण रुपमा हट्न नसक्दा जनजीवन सहज बन्न सकेको छैन ।

उता धनगढीमा पनि लामो समयदेखिको कर्फ्यु केही खुकुलो बनाएपनि पनि कायमै छ । धनगढीमा आज पनि मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी आदेश जारी गरेको छ ।

कर्फ्यु खुकुलो भएसँगै शैक्षिक संस्था, बजार र यातायात सञ्चालनमा आए पनि जनजीवन अझै सामान्य हुन सकेको छैन । सहज रुपमा आपूर्ति हुन नसक्दा खाद्यन्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ भने भएका सामानमा पनि कालोबजारी बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ