सप्तकोशीले स्पर कटान गरेपछि मुख्य तटबन्ध जोखिममा

सप्तकोशीले स्पर कटान गरेपछि मुख्य तटबन्ध जोखिममा

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२२ भदौ, काठमाडौं ।
सप्तकोशी नदीले पूर्वतर्फको स्पर कटान सुरु गरेपछि मुख्य तटबन्ध खतरामा परेको छ ।
सुनसरीको प्रकाशपुर ५ को २६ र २८ नम्बरको स्परमा कटान भएपछि तटबन्ध खतरामा परेको हो ।

जोखिम बढेपछि नेपाल र भारतका सुरक्षाकर्मीहरुले तारजाली भरेर बााधलाई बलियो बनाउने कोशिसमा जुटेका छन ।

अहिले कोशी नदीमा पानीको बहाव उच्च छ । तर, स्थानीय प्रशासनले भने खतरा नरहेको दाबी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले स्पर नोजको बेस बाढीले बगाएपछि केही समस्या भए पनि मर्मत भइरहेकाले खतरा नरहेको बताउनुभयो ।

२०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध फुट्दा नेपालका चार गाविसका बासिन्दा प्रभावित भएका थिए ।

हजारौं हेक्टर खेतीयोग्य जग्गा बगरमा परिणत भयो भने कैयौं विस्थापित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ