ताप्लेजुङ,२२ भदौ –
ताप्लेजुङको कालीखोला गाविसमा भालु आतंकले स्थानिय त्रसित बनेका छन् । सो गाविसको माथिल्लो क्षेत्रमा रहेका चरन क्षेत्र र गोठमानै आएर भालुले गाई, गोरु खाईदिए पछि स्थानिय त्रसित वनेका हुन् ।
वस्ति नजिकै रहेका गोठमा भालु आउन थाले पछि वस्तिमै पस्ने संकाले स्थानियमा झन क्रास वढेको स्थानिय नरेन्द्र भण्डारीले बताउनुभयो । एक साता अघि मात्रै स्थानियको दुई वटा गाई र एउटा गोरु भालुको आक्रमणमा मरेका थिए ।
दिउसो चर्नका लागि जंगलमा पसेका दुई वटा गाई भालुको आक्रमणमा मरेका थिए भने गोठ नजिकै आएर एउटा गोरु समेत भालुले आक्रमण गरि मारेको थियो । स्थानिय याम राईको गोरु र अर्का याम वानियाको दुई वटा गाई भालुको आक्रमणमा मरेको वताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline