उद्योग वाणिज्य संघ उर्लाबारीको अध्यक्षमा भट्टराई

उद्योग वाणिज्य संघ उर्लाबारीको अध्यक्षमा भट्टराई

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पथरी , २२ भदौ ।

उर्लाबारी उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाले गरेको चुनावमा अध्यक्ष पदमा चन्द्रबहादुर भट्टराई विजयी हुनुभएको छ । प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालका अनुसार आइतबार साँझसम्म भएको चुनाव र रातिसम्म भएको मतगणना परिणाममा भट्टराई विजय हुनुभएको हो ।

चार सय ६८ मत ल्याई ३७३ मत ल्याउने प्रितम खड्गी र १७५ मत ल्याउने धर्मराज शाक्यलाई पछि पार्दै उहाँले आफ्नो जीत हात पार्नुभएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा तारामान सिरेङ (लिम्बू) ५२२ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी भूपाल रायामाझीले ४६७ मत ल्याउनु भएको छ । त्यस्तै, उद्योग उपाध्यक्ष पदमा यामलाल रसाइलीले ५१६ मत ल्याई ४४१ मत ल्याउने रामबाबु चौधरीलाई पछि पार्नुभयो । त्यस्तै, वाणिज्य उपाध्यक्षमा सचिन शाक्य ६४६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ३३९ मत ल्याउने केदार रिजाललाई पछि पार्नुभएको छ । महासचिवमा प्रदीप गौतम (मिलन) ले ५५० मत ल्याउँदै विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी कृष्ण बर्देवा ४२० मत ल्याउनुभएको छ । उद्योग सचिवमा दिलकुमार श्रेष्ठ (दिलु)ले ५४९ मत ल्याउँदै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी शेखरनाथ दाहालले ४२३ मत ल्याउनुभएको छ । त्यस्तै, वाणिज्य सचिवमा मीरा भट्टराई ४९८ मत ल्याई विजयी हुनुभएको छ । भट्टराईको प्रतिद्वन्द्वी केशव सुवेदीले ४९२ मत ल्याउनुभएको छ ।

यता कोषाध्यक्षमा इन्द्रबहादुर भट्टराईले ५२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्धी विशाल वाहेतीले ४५२ मत प्राप्त गर्नुभयो । यसैगरी, सदस्य पदमा सङ्गीता अधिकारी (पाण्डे) ६०६, राम थापा ५२७, विष्णु गुरागाईं ५१८, बद्रि खरेल ४९२ र सुनिल बोहोराले ४६० मत प्राप्त गरी विजय हुनुभएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा पवन अग्रवालले ४१७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अम्बरबहादुर धिमालले ३२० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, लेखा सदस्यमा लक्ष्मीप्रसाद दाहाल र दिनेश बराल यसअघि नै सर्वसम्मत चयन भइसकेको प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालले जानकारी दिनुभयो । सङ्घमा एक हजार २१२ जना मतदाता रहेका भए तापनि एक हजार ६८ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ