पाँचथर, २२ भदौ ।
पा“चथरमा खानेपानीको अभावका कारण बर्षैनी सयाँैको सख्यामा स्थानीयवासी बसाई सर्न थालेपछि जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको तीन गाविसमा मेलम्चीपछि दोस्रो ठूलो तमोर लिप्mट पम्पिङ प्रणाली आयोजना सञ्चालन हुने भएको छ ।
सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका दक्षिणी गाविस यासोक, रानीगाउँ, स्याब्रुम्बा गाविसका स्थानीयवासीलाई लक्षित गरी तमोर नदी लिफट पम्पिङ प्रणाली सञ्चालन गर्न लागिएको हो । मेलम्ची आयोजनादेखि दोस्रो ठूलो आयोजनाका रुपमा यो आयोजना सञ्चालन हुने भएको छ ।
आगामी १५ वर्षसम्मको जनसङ्ख्यालाई लक्षित गरी स्याबरुम्बाको लोरिपा दोभानबाट तमोर नदीको पानी लिफ्टिङ र पम्पिङ प्रणालीबाट उपलब्ध गराउन भन्दै ठेकेदार छनोट गर्न बोलपत्र आह्वानसमेत गरिसकिएको जिल्ला खानेपानी तथा सरसरफाइ सव–डिभिजन कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
कार्यालय प्रमुख खनालका अनुसार भदौ २३ गते ठेकेदार कम्पनी छनोट गरिनेछ । आव २०७२÷७३ मा स्वीकृत भएको योजनाको विस्तृत सर्वेक्षण यसअघि नै सकिएको छ ।
योजना सम्पन्न गर्न सरकारले पानीको प्रसारण र वितरण लाइन र अन्य विविध शीर्षकमा गरी कुल रु ५१ करोड, ३० लाख, २० हजार ५६८ को बजेटसहितको कार्यक्रम स्वीकृत गरेको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका डिभिजन प्रमुख निरञ्जन खनालले बताउनुुभयो ।