९ महिना यता ५४ विदेशी नागरिक नेपालबाट निष्कासित

९ महिना यता ५४ विदेशी नागरिक नेपालबाट निष्कासित

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ भदौ ।

पछिल्ला ९ महिना यता नेपाल सरकारले विभिन्न ३७ देशका एक सय ५४ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ । विभिन्न अवैधानिक गतिविधि गरेको भन्दै निष्कासन गरिएकाहरुमा धेरैजसो पर्यटक भिसामा आएका विदेशी रहेका छन् ।

केही बिजनेस भिसामा आएकालाई पनि अवैध गतिविधिमा संलग्न भएको पाएपछि किष्कासन गरिएको छ । नेपालबाट निष्कासन हुनेमा सबै भन्दा बढी चिनियाँ नागरिक रहेको अध्यागमन विभागले जनाएका छन् ।

यस्तै निष्कासित हुनेमा अमेरिका, जापान, उज्वेकिस्तान, अस्ट्रेलिया, बेलायत र फ्रान्सका नागरिकहरु रहेका छन् । विभागका अनुसार पछिल्ला नौ महिनामा ५८ चिनियाँ, १४ अमेरिकी, आठ जापानी, आठ उज्वेकिस्तानी, सात अस्ट्रेलियन, सात बेलायती र पाँच जना प्रोन्च नागरिक रहेका छन् ।

यस्तै वर्षैसम्म अवैध रुपमा बस्दै आएका, वन्यजन्तुको कारोबारमा संलग्न तथा विदेशमा अपराध गरेर नेपालमा लुक्न आएका समेत निष्कासनमा परेको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ