सब स्टेशन निर्माण गर्न एक बर्ष तथा कैलाश खोला लघु जलबिद्युत सञ्चालन गर्न १० महीना लाग्ने

सब स्टेशन निर्माण गर्न एक बर्ष तथा कैलाश खोला लघु जलबिद्युत सञ्चालन गर्न १० महीना लाग्ने

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

२१ भदौ, अछाम

अछाममा बिद्युत नियमीत सञ्चालन गर्नका लागी सब स्टेशन निर्माण गर्न १ बर्ष तथा कैलाश खोला लघु जलबिद्युत केन्द्र सञ्चालन गर्न १० महीना लाग्ने भएको छ । नेपाल बिद्युत प्राधीकरणका क्षेत्रीय निर्देशक राधे शरण महतो सहीतीको टोलीले तत्काल गरेको अनुगमनका क्रममा यस्तो बताईएको हो ।

सब स्टेशनका लागी साफेवगर नगरपालीको जाल्पादेवी झकालेमा निर्माण गर्ने पक्का भईसकेकाले एक बर्ष लाग्ने र त्यसका लागी आफुले प्रक्रीया चाडै सुरु गरी काम सम्पन्न गराउन लागी पर्ने क्षेत्रीय निर्देशक महतोले बताए । उनले अछामको बिद्युत सञ्चालनको काम प्रती आफु पुरै असतुष्ट रहेको बताउदै बितरण केन्द्र अछामका प्रमुख र अछाम बितरण केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई लगनशील एवम कटीबद्ध भएर काम गर्न निर्देशन पनी दिका छन् ।

अछाम जिल्लामा सञ्चालीत बिद्युतको अवस्था र कैलाशखोला लघुजलबिद्युतको स्थिीती बारे गरीएको अनुगमनमा क्षेत्रीय निर्देशक संगै अछामका प्रमुख जिल्ला अधीकारी याम प्रशाद सुबेदी र अछाम बितरण केन्द्रका प्रमुख किसनसींह भण्डारी सहीत जिल्लाका प्रमुख सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

अबको एक बर्ष भित्र सब स्टेशन निर्माण कार्य सम्पन्न गर्न र १० महीनाभित्र कैलाशखोला लघुजलबिद्युत केन्द्र सञ्चालन गर्नका लागी नम्सअनुसार काम गराउन जिल्लाका ठेकेदार, कर्मचारी र यहाका सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

यस्तै अछामका प्रमुख जिल्ला अधीकारी याम प्रशाद सुबेदीले आफुलाई जिल्लाका सञ्चारकर्मीहरु र सरोकारवालाहरुले बेला बेलामा यसबारे दवाल दिन थालेपछी क्षेत्रीय निर्देशकलाई निरीक्षण गर्न बल गरेपछी निरीक्षण गर्न आएको बताए । उनले बिद्युतको सब स्टेशन निर्माणका लागी र कैलाशखोला लघुजलबिद्युत सञ्चालनका लागी आफ्नो क्षेत्रबाट दिन दवाव दिईरहेने भन्दै आफुले गर्न सकीने सबै सहयोगको कमी नगर्ने बताए ।

यस्तै अछाम बितरण केन्द्रका प्रमुख किशनसींह भण्डारीले पनी आफ्ना यस अघीका गल्ती कमजोरीलाई स्वीकार्दै अबदेखी कटीबद्ध भएर काम गर्ने र गराउने प्रतिबद्धता जनाए । उनले सब स्टेशन निर्माण कार्य र कैलाशखोला लघु जलबिद्युत केन्द्र सञ्चालनका लागी सबैलाई चासो दिन र सहयोग गर्न अनुरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ