काठमाडौ २१ भदौ ।
नेपाल आयल निगमले गएराति देखि लागु हुनेगरी पेटोलियम पदार्थको मु्ल्य घटाएको छ । सार्वजनिक सवारी साधनको भाडा घटाउनका लागि डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मुल्य भने पुरानै निर्धारण गरिएको छ । मुल्य घटेसँगै डिजेल र मट्टितेलको मुल्य ८१ रुपैयाँ कायम गरिएको निगमका प्रवक्त दीपक बरालले जानकारी दिनुभयो ।
यसअघि गत मंगलबार मात्र निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको थियो । सार्वजनिक सवारी साधनको भाडा घटाउन समस्या भएपछि डिजेलको मुल्य घटाउन सरकारले निगमलाई दवाव दिदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline