काठमाण्डौ,२१ भदौ ।
सीमांकनप्रति असन्तुष्ट व्यक्त गर्दै देशका विभिन्न क्षेत्रमा भएको आन्दोलनमा हालसम्म २९ जनाको मृत्यु भएको छ ।
ब्यबस्थापिका संसदमा घटनाबारे जानकारी गराउादै गृहमन्त्री बामदेव गौतमले आन्दोलनका क्रममा १० सुरक्षाकर्मी सहित २९ जनाको मृत्यु भएको बताउनुभयो ।
आन्दोलनमा प्रहरीले अधिकतम संयमता अपनाएको उहााको भनाई छ । प्रदर्शकारी उग्र बन्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि मात्र प्रहरीले जवाफी कारबाही गरेको उहाको दाबी छ । विभिन्न क्षेत्रमा भएको आन्दोलनमा आन्दोलनकारी अत्याधुनिक हतियार सहित प्रस्तुत भएको मन्त्री गौतमले बताउनु भयो ।
मन्त्री गौतमले आन्दोलनकारीलाई निशस्त्र सहभागी हुन आग्रह गर्नुभएको छ भने प्रहरीलाई कम बल प्रयोग गर्न निर्देशन दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
