अज्ञात रोगका कारण ७ जनाको मृत्यु

अज्ञात रोगका कारण ७ जनाको मृत्यु

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, २० भदौ ।

पत्ता लाग्न नसकेको रोगका कारण ७ जनाको मृत्यु भएको छ । संखुवासभा, भोजपूर, सिराहा र धनकुटामा उपचार गराइरहेका ९ जना विरामीमध्ये ७ जनाको ज्यान गएको हो । विरामी २ जनाको अवस्था पनि गम्भीर रहेको छ ।

संखुवासभाका ५, भोजपूरका २, सिराहा र धनकुटाका एक एक जना विरामी परेका थिए । उनीहरु मध्ये ७ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

स्थानीय तहमा गरिएको प्रारम्भिक परीक्षणबाट रोग पत्ता लाग्न नसकेपछि चारवटा नमुना आज थाइल्याण्डको राजधानी बैंकक पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विरामीमा सुरुमा उच्च ज्वरो आउने, हातखुट्टा र जीउ दुख्ने, अल्छी लाग्ने लक्षण देखा परेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी