काठमाण्डौ, २० भदौ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियनले त्रिभुवन बिश्वविद्यालय मातहतका ईन्जिनियरिङ कलेजहरुका प्रिन्सिपलको कार्यकक्षमा लगाईएको ताला आज खोलेको छ ।
बिभिन्न माग सहित यूनियनले हालै बुझाएको ज्ञापन पत्रमा प्राईभेट ईन्जिनियरिङ कलेजहरुको छाता संगठन एकोनले आंशिक सहमति जनाएपछि ताला खोलिएको अखिल क्रान्तिकारीका ईन्जिनियरिङ बिभाग संयोजक भवानी ओझाले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।
एकोनले जनाएको सहमती अनुसार बैशाख १२ र २९ गतेको बिनाशकारी भुकम्पबाट प्रभावित विद्यार्थिहरुलाई १५ दिन सम्मको मासिक शुल्क बराबरको रकम स्वरुप उपलब्ध गराईने छ ।
त्यस्तै भुकम्पबाट आमा बाबु गुमाएका बिद्यार्थिहरुलाई छात्रवृत्ति प्रदान गर्न सबै कलेजका प्रिन्सिपल सहमत भएका छन् भने प्रभावित बिद्यार्थिहरुलाई शैक्षिक शुल्क बुझाउन अतिरिक्त समय दिईने र उक्त अवधिको विलम्ब शुल्क नलिने लगायतका ४ बुदामा सहमति भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन ईन्जिनियरिङ बिभागले भुकम्पका कारण अभिभावक र बिद्यार्थिहरु मारमा परेका भन्दै १ महिनाको शुल्क मिनाहको माग गर्दै असार २९ गतेदेखि कलेजहरुका प्रिन्सिपल कार्यकक्षमा तालाबन्दि गरेको थियो ।