काठमाडौं २० भदौ । मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइदैछ ।
यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं विपद्को सामनाः मानव बेचबिखनको अन्त्य हाम्रो कर्तव्य र चाहना” भन्ने तय गरिएको छ ।
दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।
दिवसको अवसरमा मन्त्री निलम केसीले शुभकामना दिनुहुँदै मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्नका लागि सबैलाई आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
यस्तै मन्त्रालयका सचिव धनबहादुर तामाङले पछिल्लो केही वर्ष यता मानव बेचबिखनको स्वरुप फेरिंदै गएको र त्यसबाट महिला तथा बालबालिका बढी प्रभावित भएको बताउनु भएके छ । यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उहाको जोड छ
सन् २००८ को अध्ययन अनुसार दक्षिण एसियाली मुलुकहरुमा मात्र बर्षेनी करिब एकलाख ५० हजार महिला तथा बालिका देहव्यापारका लागि बेचबिखन तथा ओसारपसारमा पर्ने देखिएको छ । जसमा नेपालका १२ देखि १५ हजार बेचबिखनमा पर्ने गरेका छन् ।