एक महिनादेखि बन्द विद्यालय आइतबारबाट संचालनमा

एक महिनादेखि बन्द विद्यालय आइतबारबाट संचालनमा

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २० भदौ ।

कैलालीमा एक महिनादेखि बन्द रहेका विद्यालय आजबाट संचालनमा आएको छन ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा हिजो बसेको सर्वपक्षीय बैठकपछि आन्दोलनकारी पक्षसमेत बिद्यालय खोल्न सहमत भएकाले आजबाट विद्यालयहरु संचालनमा आएका हुन ।

स्थानीय प्रशासन, आन्दोलनरत पक्ष, बिद्यार्थी संगठन र दलहरुबीच विद्यालय खोल्ने पक्षमा हिजो वार्ता भएको थियो ।

थरुहट र अखण्ड सुदूरपश्चिम पक्षधर आन्दोलनमा उत्रिएपछि कैलालीमा ३३ दिनयता विद्यालय ठप्प रहेका थिए । विद्यार्थीहरुको पढाईलाई मद्यनजर गर्दै विद्यालयहरु खनेलिएको बताइएको छ ।

यसैबीच कैलालीको धनगढीमा स्थानीय प्रशासनले कर्फ्युको समय थप एक घण्टा घटाएको छ । धनगढीमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र कफ्र्यू लाग्ने छ ।

त्यस्तै टीकापुरमा विहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरिएको छ । स्थानीय प्रशासनले हिजो टीकापुरमा २४ घण्टे कर्फ्यु लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ