११ बुँदे सहमतिसँगै डा. केसीले आजबाट अनशन तोड्दै

११ बुँदे सहमतिसँगै डा. केसीले आजबाट अनशन तोड्दै

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २० भदौ ।

चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितको माग राख्दै अनशनरत डा. गोबिन्द केसीले आज अपरान्नबाट अनशन तोडदै हुनुहुन्छ ।

डा. केसीको माग सम्बोधनका विषयमा सरकार र डा. केसीका प्रतिनिधिबीच गएराति ११ बुँदे सहमति भएपछि आज अपरान्न ३ बजेबाट अनशन तोड्न लाग्नु भएको हो ।

मुख्य सचिव सोमलाल सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेल लगायत सरकारी पक्ष र डा. केसी पक्षबीच माथेमा प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषदको पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति भएको छ ।

चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयको सहजीकरण र अनुगमन पनि उक्त आयोगले गर्नेछ ।

चिकित्सा शिक्षा सम्बन्धी नीति तयार पारी मस्यौदा बनाएर तीन महिना भित्र संसदमा पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । द्धिपक्षीय सहमतिपछि आन्दोलनरत चिकित्सकहरु पनि आजबाट काममा फर्किने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ