गुण्डाको कुनै पनि सञ्जाल तोडिने छ : खनाल

गुण्डाको कुनै पनि सञ्जाल तोडिने छ : खनाल

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भदौ १८ काठमाण्डौं ।
गुण्डा नाईके कुमार श्रेष्ठ घैटेलाई ईन्काउन्टर गरे पछि चर्चामा आएका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले काठमाण्डौंमा अपराध र गुण्डागर्दीको सञ्जाल तोड्न कुनै पनि कसर बाकी नराख्ने चेतावनी दिनु भएको छ ।

काठमाण्डौंमा नेवा: भोलेन्टीयर्सले आयोजना गरेको नागरिक प्रहरी समन्वय कार्यक्रममा बोल्दै काठमाण्डौं अपराध अनुसन्धान महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक खनालले अपराधीहरुले गर्ने गतिविधिहरुको निगरानी र नियन्त्रणमा प्रहरी चनाखो रहेको बताउनु भयो ।

उहाले चाडबाड नजिकिदै जादा चोरी , लुटपाट, गैरकानुनी आर्थिक गतिविधि बढ्न सक्ने भन्दै यसको नियन्त्रणका लागि समाजले पनि सहयोग गर्नु पर्ने बताउनु भयो ।

कुनै पनि गुण्डागर्दी र अपराध रोक्दै राजधानीवासी जनतालाई निर्धक्क हिडडुल गर्ने वातावरण वनाउन प्रहरी लागी परेको खनालको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ