काठमाडौ १९ भदौ ।
कैलालीको टिकापुरमा आजबाट पुनः २४ घण्टा कर्फ्यु आदेश जारी गरेको छ । थरुहट आन्दोलन हिंसात्मक बनेपछि कैलालीको धनगढी र टीकापुरमा लगातार कर्फ्यु लगाइंदै आएको छ ।
हिजोसम्म कर्फ्युको समय घटाएर चार घण्टा र्पुयाएकोमा स्थिती विग्रन सक्ने भन्दै आजबाट २४ घण्टा कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
धनगढीमा भने मध्याह्न १२ बजेबाट दिउँसो ४ बजेसम्म मात्र कर्फ्यु लगाइएको छ । कफ्र्यु बाहेकको अन्य समयमा भने यी दुबै ठाउँमा निषेधाज्ञा कायमै रहने स्थानीय प्रशासनले जनाएको छ ।
कैलालीमा बन्द आह्वान गरिएको आज ३३ दिन पुगेको छ भने कर्फ्यु जारी गरिएको १३ दिन भएको छ । त्यस्तै टिकापुरमा निषेधाज्ञा जारी गरिएको १५ दिन पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline