आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्री कृष्णको पुजा आराधना गरी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्री कृष्णको पुजा आराधना गरी मनाइदै

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौ १९ भदौ । 

आज भाद्र कृष्णाष्टमी, अर्थात् श्री कृष्ण जन्माष्टमी । भगवान कृष्णको पुजा आरधना गरि मनाइदैछ । आजका दिन भक्तजनहरु कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गर्ने गर्दछन्

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास रहिआएको छ । आजको दिन महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् ।

यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ । भगवान कृष्णलाई भगवान विष्णुको आठौं अवतारका रुपमा लिने गरिन्छ । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेमप्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।

आजका दिन ललितपुर पाटनस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम लगायत देशभरका कृष्ण मन्दिरमा बिहानैबाट दर्शनार्थीको भिड लागेको छ ।

यद्यपी भूकम्पका कारण मन्दिर जोखिमपूर्ण भएकाले यस पटक ललितपूरको कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको मूर्ति दर्शन गर्न दिइएको छैन ।

भक्तजनलाई प्रवेश गर्न नदिई भगवान् श्रीकृष्णको चाँदीको पादुका दर्शनका लागि मन्दिरसँगैको डबलीमा राखिएको गुठी संस्थान ललितपुर शाखा प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो ।

जन्माष्टमीका अवसरमा राष्ट्रपति डा. रामवरण यादव कृष्ण मन्दिर गई श्रीकृष्णको दर्शन र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ