भदौ १८ काठमाण्डौं ।
नेकपा माओवादीका प्रवत्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले विदेशीले तयार गरेर पठाएको संबिधान दलहरुले जारी गर्न खोजेकोले अहिले देशमा द्धन्द श्रृजना भएको बताउनु भएको छ ।
उहाले जनयुद र जनआन्दोलनबाट स्थापित भएका जनताका अधिकारलाई पाखा लगाई संबिधानको मस्यौदा ल्याएकोलेजनताले ठाउ ठाउबाट प्रतिरोध गरिरहेको बताउनु भयो ।
राष्ट्रिय निजामती कर्मचारी संगठनको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रवत्ता प्रकाण्डले संबिधानको मस्यौदा चार दलका शिर्ष नेताहरुले नै गहिरो अध्ययन नगरेको बताउनु भयो ।
यो संबिधानको मस्यौदामा जनताको कुनै अधिकार नसमेटिएकोले यो जबरजस्त जारी गरिएमा झन देशमा संकट आउन सक्ने उहाले दाबी गर्नुभयो ।
उहाले प्रतिक्रियावादी प्रशासनको स्थानमा जनप्रशासनको स्थापना भएमात्र जनताको सहज रुपमा सेवा पाउने बताउनु भयो ।
भेलाले टोपबहादुर वानीयाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष रामबहादुर रावल ,नरबहादुर रोकाया , महासचिव अमर सिंह ओली चयन भएका छन् । त्यस्तै सचिवहरुमा बासुदेव नाथ ,नागेन्द्र केशरी पोख्रेल र कोषाध्यक्षमा बिन्दु महर्जन निर्वाचित हुनुभएको छ ।
अन्य सदस्यहरुमा ओम सागर भण्डारी ,प्रविण कार्की , दण्डपाडी शर्मा ,वलदेव शर्मा ,अमर ओली ,रमेश अधिकारी ,रतन बुढा ,मनु सुबेदी ,प्रेम तामाङ र धु्रब ढकाल रहेका छन् ।