काठमाडौ १८ भदौ ।
चिकित्सा शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्यको माग गर्दै प्राध्यपक डा. गोविन्द केसीले सुरु गर्नुभएको अनशन आज १२ औं दिन पनि जारी छ ।
डा. केसीको माग सम्बोधनका विषयमा हिजो पहिलो पटक सरकारसँग वार्ता भएपनि कुनै ठोस निर्णय हुन सकेन ।
त्रिवि पूर्व उपकुलपति डा. केदारभक्त मथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयन हुनुपर्ने माग विपरित सरकारको निर्णय आएपछि वार्ताको वातारण विथोलेको आन्दोलनरत चिकित्सकको भनाई छ ।
माथेमा कार्यदलले दिएको सुझाव विपरित सरकारले त्रिवि र काठमाडौ विश्वविद्यालयबाट आसयपत्र लिएका प्रस्तावित मेडिकल, डेन्टल र नर्सिङ कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
यसैबीच डा. केसीको माग सम्बोधनमा सरकार उदासिन देखिएको भन्दै शिक्षण अस्पतालका आवसीय चिकित्सकहरुले आज पनि आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline