रौतहट, १८ भदौ ।
रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा गए राति अज्ञात समुहले चारवटा सवारी साधनमा आगजनी गरेका छन् ।
नकाव लगाएर आएका करिब २० जनाको समुहले मिलको पार्किङ स्थलमा राखिएको बा १० च ५०८० नम्बरको स्कोरपियो, ना२च ६५०१ नम्बरको बोलेरो, को१च ७१९६ नम्बरको कार र बा२९प ५०२३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
सो समुहले मिलका सुरक्षार्थ बसेका २ जना गार्ड डोरप्रसाद घिमिरे र खेलबहादुर फुयाँललाई नियन्त्रणमा लिएरसवारी साधनमा आगो लगाएका हुन ।
यस्तै गत वर्ष समेत सोही मिलका दुईवटा गाडीमा आगजनी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline