भुटानको थिम्पुमा सुरु भयो अन्तराष्ट्रिय व्यापार मेला

भुटानको थिम्पुमा सुरु भयो अन्तराष्ट्रिय व्यापार मेला

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १८ भदौ ।

छैटौं अन्तराष्ट्रिय व्यापार मेला आजदेखि भुटानको राजधानी थिम्पमा सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा नेपाल सहित भारत, भुटान, बंलादेश, ताइवान, भियतनाम र थाइल्याण्डको सहभागिता रहेको छ ।

मेलामा सबैभन्दा बढि भारतका ७४ वटा स्टल रहेका छन भने त्यपछि नेपालका ६९ वटा स्टलहरु रहेको आयोजकले जनाएको छ ।

ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष अजरमान जोशीका अनुसार नेपालका तर्फबाट मेलामा हस्तकला, धातुकला, प्रस्तरकला, मुर्तिकला तयारी पोसाक, पस्मिना ज्वेलरी, ट्रान्सफरर्मर, विजुलीका पोल, आयुर्वेदिक औषधि लगाएतका वस्तुहरु प्रदर्शनीमा राखिएका छन ।

भुटानले नेपालका वस्तुहरुलाई रुचाउने गरेकाले पनि यो वस्तु प्रदर्शनीको उत्कृष्ट अवसर भएको जोशीले बताउनु भयो । उक्त मेलामा नेपालको यो छैटौं पटकको सहभागिता हो । यसअघि पहिलो पटक आयोजित मेलामा नेपालले २० ओटा स्टल मात्र राखेकोमा अहिले बढाएर ६९ पु¥याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी