तराईको बन्दले राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुदैनः बराल प्रवक्ता, नेपाल आयल निगम

तराईको बन्दले राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुदैनः बराल प्रवक्ता, नेपाल आयल निगम

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

नेपाल आयल निगमले तराई बन्दका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट गरेको छ ।

निगमका प्रवक्ता दिपक बरालले मिर्मिरेसग‘ कुरा गर्दै लामो समयको बन्द हड्तालले यातायातमा देखिएको समस्याका कारण केही असहजता भए पनि अत्तालिने अवस्था नरहेको बताउनु भयो ।

प्रवक्ता बरालले निगमसग‘ अझै पनि ६० प्रतिशत भन्दा बढी भण्डारमा पेट्रोलियम पदार्थ स्टक रहेको र सरकारले स्कर्टिङ गरेर पनि पेट्रोलियम पदार्थ ढुवानी गरीरहेका कारण खासै समस्या नरहेको बताउनु भयो ।

सरकारद्धारा दंगाग्रस्त क्षेत्र घोषित बीरगञ्जको नाकामा आन्दोलनले ठूलो असर परीरहे त्यसको विकल्पमा भैरहवा नाकाबाट भए पनि पेट्रोलियम पदार्थ ल्याउने प्रवक्ता बराल बताउनु हुन्छ ।


अहिले उपभोक्ताहरुमा ग्यासको अभाव सिर्जना भएको महसुस हुन थालेको छ । ग्यास नपाईने हो कि भन्ने चिन्ताले उपभोक्ताहरु बढी ग्यास राख्ने मनस्थितिमा पनि देखिन्छन् । तर अब केही दिन भित्रैमा बीरगञ्ज नाकामा थुनिएका १ सय ५० हाराहारीमा रहेका ग्यासका टैंकरहरु सरकारले सुरक्षाकर्मी परिचालन गरी ल्याउने तयारी गरेकाले ग्यासको बारेमा पनि चिन्तित नहुने निगम प्रवक्ता बरालले आग्रह गर्नु भयो ।

निगमसग‘ ग्यासको भण्डार भने छैन । उसले आगामी दिनमा ग्यासको भण्डार खोल्ने तयारी भने गरेको छ ।
हाल निगमसग‘ ७१ हजार ६ सय २२ किलो लिटर पेट्रोलियम पदार्थ स्टोर गर्ने क्षमता रहेको छ ।
अहिले राम्रो नाफामा जान सफल आयल निगमले केही समय पहिले भारतीय आयल निगमसग‘ सम्झौता गरेको पाईपलाईन निमार्णको काम पनि अघि बढ्ने तयारीमा रहेकाले भावी दिनमा नेपालमा पेट्रोलियम पदार्थको अभाव र संकट नहुने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
सन् १९७० मा स्थापना भएको नेपाल आयल निगम विगत लामो समय अरबौ त्रृmणमा डुबे पनि अहिले उच्च नाफा सहित कुसल व्यवस्थापनका कारण अघि बढीरहेकाले उपभोक्ताहरुको विस्वास बढ्दै गएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी