काठमाण्डौ,१७ भदौ ।
अन्तराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी एनओसीको नयाकार्य समितीको अध्यक्षमा जिवनराम क्षेष्ठ निर्बाचित भएका छन । अध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई ८ मत पछि पार्दै जिबनराम क्षेष्ठ बिजयी भएका हुन । विजयी श्रेष्ठले १७ मत प्राप्त गरेका छन ।
१७ सदस्यीय कार्यसमितीको ४ उपाध्यक्षमा बर्तमान उपाध्यक्ष धिरेन्द्र प्रधान सहित ज्योति राणा ,पुरेन्द्रविक्रम लाखे र राजेन्द्र वान्तवा निर्विरोध चयन भएका छन ।
महासचिवमा १७ मत ल्याउँदै लामा टेण्डी शेर्पा विजयी भएका छन । महासचिवका अर्का प्रतिस्पर्धी छिमी उर्केनले ८ र दीपराज गुरुङले एक मत ल्याएका छन ।
कोषाध्यक्षमा रतन टण्डन चयन भएका । त्यस्तै सहायक महासचिवमा राजीव श्रेष्ठ बिजयी भएका छन । उक्त पदमा चतुरानन्द वैद्य र श्रेष्ठको १३र१३ मत भएपछि गोलाप्रथाबाट टुंगो लगाइएको हो । ८ सदस्यका लागि १२ जनावीच प्रतिस्पर्धा छ । सदस्यको मतगणनाको नतिजा आउन बाँकी छ ।