डोटीमा भारतिय गृहमन्त्री सिंहको पुत्ला दहन

डोटीमा भारतिय गृहमन्त्री सिंहको पुत्ला दहन

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

डोटि, १७ भदौ ।

राष्ट्रिय जनमोर्चा डोटीले भारतिय गृहमन्त्री राजनाथ सिंहको हिजो पुत्ला दहन गरिएको छ ।

भारतको महाराजगंज जिल्लामा भएको एक कार्यक्रमम सिंहले “नेपालमा एक करोड भारती रहेकाले उनिहरुको सुरक्षा गर्नु भारतको जिम्मेवारी हो ।” भन्ने अभिब्यक्ती दिएका थिए ।

भारतिय गृहमन्त्रीको अभिब्यक्ती नेपाली राष्ट्रियता माथीको आक्रमण भएको भन्दै पुत्ला दहन गरेको राष्ट्रिय जनमोर्चा डोटीका सचिब केशब नाथ योगीले बताए ।

जनमोर्चाले जिल्ला प्रशासन कार्यालय डोटीको चोकमा कोणसभा समेत आयोजना गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै सचिब योगीले भने “ नेपालमा तिन करोड नेपाली छन, नेपालको राष्ट्रियता माथी आक्रमण गर्दा ३ करोड नेपालीको सामाना गर्नु पर्ला, यहाँ ३ करोड देशभक्तहरु छन ।”

नेपालमा संक्रमण रहेका बेला भारतले नेपालका प्राकृतिक श्रोत तथा ऐतिहासीक भूमी कब्जा गर्ने गरेका दृष्टान्त बताउँदै भने “भारत सन १९५० देखी नेपाललाई आफ्नो स्वतन्त्र एकाई बनाउन चाहान्छ, फलस्वरुप उसले बिभिन्न बेलामा यस प्रकारका हर्कत गर्दै आएको छ । ”

१९५०को सुघौली सन्धी देखी लिपुलेक सम्मका बिबादसम्म पुग्दा भारतबाट नेपाल माथी हेपाह ब्यबहार भएको छ ।

नेपाली राष्ट्रियता र अस्मिता माथी आक्रमण हुँदा पनि नेपाल सरकार मौन रहेका उदाहरण उल्लेख गर्दै भने “ हामी नेपालका हौँ भन्ने हात्ती पार्टीहरु भारतका बिरुद्ध एक शब्द बोल्न चाहानन्, उनिहरुलाई देशको भन्दा पनि कुर्चिको चिन्ता धेरै छ ।”

कोणसभालाई अखिल छैठौँका डोटी जिल्ला अध्यक्ष डबल तिरुवाले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशान्त थापाले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी