धरानमा ग्याङ ल्याएर तोडफोड गर्ने बिरुद्ध सार्वजनिक मुद्दा दायर

धरानमा ग्याङ ल्याएर तोडफोड गर्ने बिरुद्ध सार्वजनिक मुद्दा दायर

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

धरान, १७ भदौ ।

धरान ९ गौतमपथमा चोरहरुले तोडफोड गरेको अभियोगमा पक्राउ परेका युवालाई सार्वजनिक मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले धरान ८ का सुनिल कार्कीलाई सार्वजनिक मुद्दा दायर गरेको हो ।

उनले सब्जीमण्डीको एक पसलमा छाता चोरीको प्रयास गर्दा पसलले पक्राउ गरी कुटेपिट गरेका थिए ।

सोही विषयलाई लिएर कार्कीले आफना निकटका ३ जना साथी लगेर उक्त पसल तोडफोडको प्रयास गरेका थिए भने पसलको अघिल्तिरको सिसा तोडफोड समेत भएको थियो ।

शनिबार उनले छाता चोरी गरेका थिए भने आइतबार फेरि ग्याग लिएर गएर तोडफोड गरेका थिए ।

उनलाई इप्रका धरानले म्यादसमेत थप गरी कारबाही अघि बढाइसकेको इप्रका धरानका डिएसपी सुदम कुमार सिजापतिले वताउनुभयो ।

तोडफोडमा संलग्न अन्यको खोजी कार्य भइरहेको डिएसी सिजापतिले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ