सुदुरपश्चिमेलीहरुको मौलिक पर्व गौरा सुरु 

सुदुरपश्चिमेलीहरुको मौलिक पर्व गौरा सुरु 

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, १७ भदौ ।

सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

आजका दिन महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ ।

महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन ।

 

तिथिको हिसाबले यो वर्षको गौरा पर्व कृष्णपक्षमा परेकाले यसलाई अँधेरी गौरा भन्ने गरिएको छ । शुक्लपक्षमा परेको गौरालाई उज्याली गौराको रूपमा पुजिने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी