काठमाडौं, १७ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । अनजको बैठकमा भुकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माण सम्बन्धि विधेयक पेश हुने भएको छ । यसअघि मंगलबार पेश हुने भनिएको उक्त विधेयक आज पेश हुन लागेको संसद सचिवालयले जनाएको छ ।
सरकारले भुकम्पपछिको पुर्ननिर्माणका लागि २ महिनाअघि अध्यायदेश मार्फत संसलाई छलेर अध्यायदेश गठन गरेको थियो । अध्यायदेश साठि दिनभित्र पारीत गरिसक्नु पर्ने प्रावधान भएपनि २ महिनाभन्दा बढि भइसकेकाले अहिले निष्कृय अवस्थामा रहेको छ ।
संसदले पुर्ननिमार्ण सम्बन्धि विधेयक पारित गरेपछि मात्र प्राधिकरणलाई काम अघि बढाउन बाटो खुल्ने छ ।
आज विहान ११ बजे बस्ने बैठकमा भुमि सम्बन्धि छैटौं संशोधन विधेयक, केहि नेपाल ऐन संशोधन तथा खारेज र केहि , केहि नेपाल ऐन संशोधन विधेयक पनि पेश हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।