महादेव गुहार्दै सुनिता

महादेव गुहार्दै सुनिता

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मोरंग १६ भदौ /
नेपाली महिलाहरुबीच हरितालिका तीजको विशेष महत्व छ । यसपालि पनि हरितालिका तीज नजिकिएसंगै पूर्वेली गायीकाहरु पनि गीत गाउदै भिडियो तयार पारेर बजारमा ल्याउन लागि परेका छन् ।
मोफसलको तीज गीतमा फरक प्रस्तुति लिएर उदाएकी छिन् पूर्वेली गायिका सुनिता कटुवाल । सुनिताले तीज गीत गायनको यात्रा यो बर्षबाट मात्र सुरु गरेपनि उनले यो देश मेरो मुटु बोलको राष्ट्रिय गीत साथै आइटम गीत गाइसकेकी छिन् ।
सञ्चारकर्मी स्वस्तिका पोखरेलको शब्द, बरिष्ठ बाासुरी बादक, गायक तथा संगीतकार बलराम समालको संगीतमा गायीका सुनिता कटुवालले स्वर भरेकि छन् ।
उनले ल्याएको तीजको गीत मोफसलमा यसअघि उत्पादन भएका भन्दा फरक खालको छ ।तीज गीतमा फरकपन खोज्ने श्रोता दर्सकहरुले उनको गीत रुचाउने उनले आसा लिएकी छिन् ।
उनले गाएको हरेक साल महादेव बोलको गीतको भिडियो सुनसरीका पर्यटकिय क्षेत्रमा छायांकन गरीएको छ । धरानको पिण्डेश्वर मन्दिर,दन्तकाली मन्दिर तथा आसपासको क्षेत्र र इटहरीको चिन्तन चौतारी,काली मन्दिर र आसपासको क्षेत्रमा छायांकन गरीएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी