ईपीएसको परीक्षा आगामी असोज दुई र तीन गते

ईपीएसको परीक्षा आगामी असोज दुई र तीन गते

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाण्डौ, १६ भदौ ।

रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षा आगामी असोज दुई र तीन गते हुने भएको छ । परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

पहिलो सिफ्ट अन्तर्गत बिहान साढे आठ बजेदेखि एक घन्टासम्म विद्यार्थीहरुलाई अभिमूखीकरण दिइने र १० बजेदेखि लिखित परीक्षा सञ्चालन गरिनेछ भने दोस्रो सिफ्टमा दिउँसो एक बजेदेखि एक घन्टा परीक्षार्थीलाई अभिमुखिकरण दिइने र दिउँसो साढे दुई बजेदेखि परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

भूकम्पका कारण स्थगित भएको परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस कोरिया शाखाले जनाएको छ । जसका लागी उपत्यकामा १५ तथा पोखरामा ३ परिक्षा केन्द्र तोकिएका छन् ।

ईपीएसको भाषा परीक्षा केन्द्र निम्न ठाउँमा तोकिएको छ ।
१ लिटिल एन्जेल्स स्कुल, हात्तिवन, ललितपुर
२ लिटिल एन्जेल्स कलेज, हात्तिवन, ललितपुर
३ हिमालयन ह्वाईट हाउस कलेज, तिनकुने, काठमाडौं
४ एन के सिंह मेमोरियल ईपीएस स्कूल नयाँबानेश्वर, काठमाडौं
५ भिएस निकेतन स्कूल मिनभवन, काठमाडौं ।
६ भिएस निकेतन स्कुल तिनकुने काठमाडौं
७ युनिभर्सल कलेज, मैतिदेवी, काठमाडौं
८ रेडन कलेज सामाखुसी, काठमाडौं
९ रेडियन्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुर
१० आईडियल मोडल स्कूल, धोविघाट, ललितपुर
११ एसएलआर, स्कूल, कलंकी काठमाडौं
१२ ल्याब्रोटरी स्कुल, कीर्तिपुर, काठमाडौं
१३ जेभियर ईन्टरनेशनल कलेज, कालोपुल, काठमाडौं
१४ ह्वाइर्ट हाउस ईन्सटीच्यूट अफ साईन्स एण्ड टेक्नोलोजी, खुमलटार, ललितपुर ।
१५ गोल्डनगेट ईन्टरनेसनल कलेज, बत्तिसपुतली काठमाडौं

पोखरामा दरखास्त फारम भरेकाहरुको परीक्षा केन्द्र
१ लिटिल स्टेप हाईयर सेकेन्डरी स्कुल, पोखरा उपमहानगरपालिका सिमलचौर
२ स्टेप बाई स्टेप हाईयर सेकेन्डरी स्कुल पोखरा उपमहानगरपालिका ७ मासबार
३ ग्लोबल कलिजियट हाईयर सेकेन्डरी स्कुल, पोखरा उपमहानगरपालिका १२ रानीपौवा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी