आज २० औं तामाङ चलचित्र दिवस

आज २० औं तामाङ चलचित्र दिवस

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १६ भदौ । 

आज २० औ तामाङ चलचित्र दिवस । तामाङ चलचित्रकर्मीहरुले विविध कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

वि सं. २०५३ साल भदौ १६ गते पहिलो पटक जयनन्द लामाद्धारा निर्देशित सेमरी छोरङान नामक चलचित्र प्रदर्शन भएको दिनको सम्झनामा चलचित्रकर्मीहरुले हरेक वर्ष भदौ १६ लाई तामाङ चलचित्र दिवसको रुपमा मनाउदै आएको छ ।

तामाङ चलचित्रको दुई दशकको इतिहासमा करिब सय वटाको हाराहारीमा चलचित्रहरु निर्माण भएका छन् । यद्यपी तामाङ परिवेश र वास्तविक पहिचानलाई समेटिएको चलचित्र अझै निर्माण हुन नसकेको सरोकारवालाहरुको गुनासो छ ।

दिवसका अवसरमा तामाङ चलचित्र संघले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । राजधानीको बागबजार स्थित होटल असोकामा दिउँसो एक बजे हुने कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुरयाएका स्रष्टाको सम्मान तथा चलचित्र क्षेत्रको वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम रहेको संघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ