आजदेखि टिचिङको ओपीडी सेवा समेत बन्द हुने

आजदेखि टिचिङको ओपीडी सेवा समेत बन्द हुने

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौं भदौ १६ ।

शिक्षण अस्पतालमा कार्यरत डा. गोविन्द केसीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाउदै फ्याकल्डि डाक्टरहरुले आजबाट ओपिडी सेवा समेत बन्द गरेका छन् ।

डा केसीको माग प्रति ऐक्यवद्धता जनाउदै सरकारलाई दवाव दिन उनीहरुले थप आन्दोलन गर्न लागेका हुन् । आज डा. केसीको अनसनको १० औ दिन भएको छ ।

चिकित्सकहरुले शिक्षण अस्पताल महाराजगञ्जको सम्पूर्ण ओपिडि सेवा समेत ठप्प पार्दै केसीको माग सवोधन गर्न आग्रह गरेका छन् । यद्यपि, पुराना विरामीको फलोअप भने हेरिने उनीहरुले जनाएका छन् ।

निरन्तरको आमरण अनसनका कारण अक्सिजन दिएर राखिएका केसीको श्वास्थ्य अवस्था नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

केसीले पुराना सम्झौताहरु लागु गर्नु पर्ने माग राख्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ