तराईमा बढ्दो अशान्तिका कारण जनता त्रसित
भदौ १६ बीरगञ्ज ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले निरन्तर बन्द, तोडफोड र आगजानी गरेर प्रदर्शनले उग्र रुप लिदै गए पछि मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ ।
दिनहुको हिशात्मक प्रदर्शनको क्रममा हिजो मात्रै बीरगञ्ज र बाराको कलैयामा गरी पाच जनाको मृत्यु भएको छ ।
बीरगञ्जमा प्रदर्शनले उग्र रुप लिए पछि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएको छ ।
आन्दोलनकारीले जता ततै आगो लगाउने, भाला, बञ्चरो तरबार बोकेर हिडेको देखेपछि सर्वसाधारण त्रसित बनेको स्थानीयहरुलाई उदृत गर्दै स्थानीय पत्रकारहरुले जनाएका छन् ।
धेरै सर्वसाधारणहरु ढोका थुनेर बस्न बाध्य भएका छन् ।
दुवै तर्फको झडपका कारण सामान्य जनताले असुरक्षित महसुस गरेका हुन् ।
कैयो स्थानमा उपचारको लागि अस्पताल जान समेत कठिनाई भएको छ ।
आज पनि पर्सा सहितका मध्य तराईका जिल्लाहरु बन्द नै रहेका छन् ।
उता कैलालीको टिकापुरमा कफ्र्यु जारी रहेका कारण जनजीवन प्रभावित नै छ ।
यस्तै गरी पूर्वी नेपालका सुनसरी लगायतका जिल्लामा पनि बन्दले गर्दा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुको बिचल्ली भएको छ ।