एसिसी अन्डर १९ क्रिकेटमा नेपाल ८३ रनले बिजयी

एसिसी अन्डर १९ क्रिकेटमा नेपाल ८३ रनले बिजयी

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ १५ भदौ ।

एसिसी अन्डर १९ क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनले पराजित गरेको छ ।

क्वालालम्पूरमा भएको खेलमा पहिले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेट गुमाउदै २ सय ५० रन जोड्न सफल भयो ।

खराब सुरुवात गर्दै ३४ रनमा ५ विकेट गुमाएर दवावमा आएको नेपाली इनिङस दिपेन्द्रसिंह ऐरी र सौरभ खनालले शतकिय साझेदारी गर्दै सम्हालेका थिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९ चौका र २ छक्काको मदतमा सार्वधिक ८५ रन तथा सौरभ खनालले ५ चौका र १ छक्काको मदतमा ७३ रन जोडेका थिए । यी दुइले सातौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए ।

यस्तै प्रेम तामाङले नटआउट २३ रनको योगदान गरे भने कप्तान राजु रिजाल १५, सुनिल धमला ११, शंकर राना ८ तथा आशिष धामी ४ रनमा आउट भए ।

अरिफ सेख र राजविर सिंह डक आउट भए । नेपालले ३१ अतिरिक्त रन पाएको थियो । कुवेतका लागि मोहम्मद फौजीले सर्वाधिक ३ विकेट लिए ।

नेपालले दिएको २५१ रनको लक्ष्य पछाएको कुवेतले ५० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद मिजान अलीले अविजित ८४ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका सुशील काडेल र प्रेम तामाङले समान २(२ विकेट लिए भने आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १(१ विकेट लिएका छन । आजको खेल जितेसंगै नेपाल  अण्डर १९ एसीया कप क्रिकेटका लागि छनौट भएको छ.

यसअघि हिजो भएको खेलमा नेपालले आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै शानदार जित हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी