काठमाडौ १५ भदौ ।
नेपाल वायुसेवा निगमले १० वर्षपछि आजबाट भारतको बैंग्लोरमा आफ्नो उडान सुरु गर्दैछ ।
निगमको एयरबस ए ३२०(२०० जहाजले ९० जना यात्रु बोकेर आज मध्यान्न १२: ४५ मा बैंग्लोरको पहिलो उडान भर्दैछ ।
यसअघि निगमले जहाज अभावमा काठमाडौं(बैंग्लोर उडान सन् २००६ मा बन्द गरेको थियो । बन्द गरिएको उडान एयरबस आएसँगै सुरु गरिएको हो ।
सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार काठमाडौ बैंग्लोर उडान तालिका रहेको निगमले जनाएको छ ।
बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्नेछ । निगमले पहिलो उडानमा बैंग्लोरबाट ३३ यात्रु लिएर फर्किने छ ।
यसैैबीच निगमले आगामी भदौ १८ गतेदेखि मुम्बई उडान पनि सुरु गर्दै छ । मुम्बईका लागि बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी भएको छ ।
यस्तै भारतपछि निगमले दुबई र चीनको ग्वञ्जाओमा आगामी अक्टोबर महिना देखि उडान भर्ने जनाएको छ ।