काठमाडौ १५ भदौ ।
धारिलो हतियार बोकेर हिँडेको अवस्थामा गएराति प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका अर्जुन नेपाली, कात्यानी चोक बस्दै आएका १६ वर्षीय बिशाल महर्जन, धनकुटा घर भई काठमाडौं बस्दै आएका १६ वर्षीय शिव याख्खा र धादिङका १६ वर्षीय भिम तामाङ रहेको महानगरीय प्रहरीले जनाएको छ ।
उनीहरुलाई धारिलो हतियार खुँडा सहित नियन्त्रणमा लिएको हो । भिमसेन गोला सडकखण्डमा खुँडा लिएर हिडिरहेको अवस्थामा गएराति ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत बानेश्वरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline