जताततै बन्द र तोडफोड , कफ्र्यु र प्रदर्शन

जताततै बन्द र तोडफोड , कफ्र्यु र प्रदर्शन

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौ १४ भदौ ।
बिभिन्न राजनितीक दल तथा समुहले गरेको बन्दका आज पनि देशका बिभिन्न जिल्लाको जनजिवन प्रभाबित बनेको छ ।
थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु आन्दोलनकारीले तोडेका छन्। प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर १४ राधेमाइमा झडप हुादा एक प्रदर्शनकारी मारिएका छन् ।
मृत्यु हुनेमा ३० वर्षीय दीलिप चौरसिया रहेका छन् ।
पिठ्युमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरे पछि तनाव उत्पन्न भएको हो ।

वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् ।

मधेस समाजवादी पार्टीका केन्ऽीय सदस्य राजेश मान सिंहको तेतृत्वमा रहेका बन्दकर्ताहरुले इलाका प्रहरी कार्यालय नगवाका लागि थप मद्धत गएको प्रहरी टोली माथि अन्धाधुन्द ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र रवर बुलेट प्रहार गरेको थियो।

सिंहकै नेतृत्वमा रहेको बन्दकर्ताहरुले बसपार्कमा राखेका बस तथा प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि उक्त स्थानमा समेत प्रहरीले अश्रुग्यास र रबर बुलेट प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो।

घण्टाघर चोकमा बन्दकर्ताहरुले नेपाल टेलिकमको कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास फायर गरी भिडलाई तितरवितर गरेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म पूर्व पर्वानीपुर, पश्चिम ईनरवा, उत्तर गण्डक र दक्षिण सिरसिया भित्रको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यसै गरी बारा , सप्तरी लगायतका जिल्लामा पनि बन्द र तोडफोडका घटनाहरु भएका छन् ।

उता अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण विहानैबाट त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै उनीहरुले पूर्वका नौ जिल्लामा आज र भोली दुई दिने बन्दको आह्वान गरेका हुन् । बन्दका कारण पूर्वका ताप्लेजुङ, पााचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ

यस्तै संयुक्त मगर मन्च र नेपाल मगर संघले आज चार अन्चल बन्द गर्दा जनजीवन प्रभावित भएको छ । बन्दका कारण धवलागिरी, लुम्बिनी, राप्ती र गण्डकी अञ्चलका विभिन्न जिल्लामा जनजिवन अस्तब्यस्त बनेको हाम्रा सहकर्मीले जनाएका छन ।
दलहरुले प्रदेशको सिमांकन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न भिन्न बनाएर बिना आधार सात प्रदेशको खाका तयार पारिएको भन्दै बन्दको आहृवान गरिएको मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो । मगर बाहुल्यता रहेको जिल्लामा बन्दका बढी प्रभाब परेको छ ।

उता रौतहटमा आन्दोलनकारीले जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन । गौरस्थित समितिको पुरानो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट नागरिकता रेकर्डलगायतका महत्पूर्ण कागजात जलेर नष्ट भएका छन ।

यता राजविराज ८ स्थित १ नं. नापी टोली शाखा कार्यालयमा प्रदर्शनकारीहरुले दिउासो आगजनी गरेका छन् । अनिश्चितकालिन बन्द हड्ताल आह्वान गर्दै सरकारी कार्यालयसमेत बन्द गराएका मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कार्यालयको साइन बोर्ड र दुईवटा काठको कुर्सी जलाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन ।

मोर्चाका कार्यकर्ताले सघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल (याली सुरु गरी र्गाचौक, शङ्करचोक हुादै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।

अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ ।

सप्तरीको रुपनीमा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले बिहान एउटा माइक्रो बसमा आगजनी गरेका छन । त्यस पछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
उता
प्रहरीले कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको आरोपमा थप ८ जनालाई पक्राउ गरेको छ । थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा लगायतका गाउाबाट उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरुको छानबिन गरी निर्दोषलाई छाडिने प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनु भयो । पक्राउ पर्नेमा जीतबहादुर थारु, वृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश चौधरी, किसन थारु, शीतलदास चौधरी रहेका छन ।

यस्तै सोहि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक शिक्षकलाई बर्दियाको राजापुरबाट पक्राउ गरेको छ । कालिका मावि चनौराका शिक्षक रामनरेश चौधरीलाई बर्दिया प्रहरीले पक्राउ गरी सोमबार कैलाली प्रहरीलाई बुझाएको छ ।
यसैबीच
टीकापुर र धनगढी लगाएत आसपासका क्षेत्रमा लगाइएको कफर््यु र निषेधाज्ञा आज पनि कायमै छ । बिहान ८ बजेदेखी १० सम्म खुलेको कफर््यु पुनह लगाइएको स्थानिय प्रशासनले जनाएको छ । लगातारको बन्द र कफर््युले जनजिवन दिन प्रतिदिन कष्टकर बन्दै गएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ